दाहाल र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

दाहाल र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटका क्रममा अध्यक्ष दाहालले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गरे ।

अध्यक्षले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पु¥याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता समेत प्रकट गरे । सो अवसरमा अध्यक्षले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।

उक्त भेटवार्तामा राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने उल्लेख गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);