राजदूत होउ यान्छीद्वारा सभामुख महरासंग भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

राजदूत होउ यान्छीद्वारा सभामुख महरासंग भेटवार्ता

bhet

काठमाडौं, ३० पुस । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत होऊ यान्छीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गरेका छन् ।

नवनियुक्त चिनियाँ राजदुत यान्छीले सोमबार सिंहदरबारमा सभामुख महरासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा नेपालको संघीय संसद र चिनियाँ संसदबीचको सम्बन्धका विविध विषयमा छलफल गरिएको थियो । त्यसैगरी नवनियुक्त चिनियाँ राजदुत यानछीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि सोमबार नै शिष्टाचार भेट गरेका छन् ।

सभामुख महरासँगको भेट लगत्तै उनले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग पनि शिष्टाचार भेटवार्ता गरेका हन् । भेटमा द्धिपक्षीय हितका विविध विषयमा छलफल गरिएको थियो । नवनियुक्त चिनियाँ राजदूत यान्छी गत शनिबार राजदुतको कार्यभार सम्हाल्न नेपाल आएका थिए । काठमाडौं आएलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्म ओलीसँग शिष्टाचार भेट गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);