हाफ म्याराथन दौड प्रतियोगिता : सशस्त्रका सन्तोष विष्ट र रेखा चन्द प्रथम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हाफ म्याराथन दौड प्रतियोगिता : सशस्त्रका सन्तोष विष्ट र रेखा चन्द प्रथम

काठमाडौं, ३० असार । सोमबार कञ्चनपुरमा सम्पन्न भएको ‘हाफ म्याराथन दौड प्रतियोगिता’ २०७६ मा पुरुष तर्फबाट सशस्त्र प्रहरी बलका सन्तोष विष्ट र महिला तर्फबाट बेलौरीकी स्थानीय रेखा चन्द प्रथम भएका छन् ।

सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीको आयोजनामा भएको पहिलो हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका जवान पदमा कार्यरत विष्टले एक घण्टा १५ मिनेट ३३ सेकेन्ड र रेखाले एक घण्टा ३९ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पार गरेर प्रथम स्थान हासिल गरेका हुन् ।

पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत झलारीदेखि शुरु गरिएको दौड प्रतियोगिता महेन्द्रनगर कबर्डहलमा पुगेर समापन गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लाल बहादुर शाहीले नगद पुरस्कारका साथै प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।

नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ्गले विजेता प्रथमलाई एकलाख, द्वितियलाई ६० हजार, तृतीयलाई ४० हजार, चौथोलाई २५, पाँचौँलाई १५ र छैटौँलाई १० हजार रुपैया नगद पुरस्कारका साथै प्रमाण पत्र वितरण गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);