जावलाखेल युथ क्लव यू-१८ फुटवलको सेमीफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जावलाखेल युथ क्लव यू-१८ फुटवलको सेमीफाइनलमा

काठमाडौं, ३० असार । जावलाखेल युथ क्लव राजधानीमा जारी ललितस्मृति कप यू–१८ फुटवलको सेमीफाइनलमा प्रबेश गरेको छ । सोमवार सातदोवाटो स्थित एन्फा मैदानमा भएको क्वाटर फाइनल खेलमा जावलाखेलले दुई पटकको च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।

जावलाखेलले आर्मीलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गरेको हो । पराजित भएसंगै आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा पनि खेल ३–३ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);