'ए' डिभिजन लिग : जावलाखेलद्वारा च्यासल २–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘ए’ डिभिजन लिग : जावलाखेलद्वारा च्यासल २–० ले पराजित

jawalakhel youth club

काठमाडौं, १५ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ । ललितपुरको सातदोवाटो स्थित अखिल नेपाल फुटवल संघ एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे । बलियो प्रतिद्वन्द्वी च्यासललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो हाफमा पाँच मिनेट भित्र दुई गोल गरेको थियो ।

खेलको ८० औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । त्यसको दुई मिनेट पछि विजय घलानले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए ।

जितसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले ४ खेलमा ८ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);