सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०७९, शनिबार

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

sahid smarak

काठमाडौं, १५ पुस । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै, पहिलो खेल च्यासल र जावलाखेल तथा दोस्रो खेलमा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुने ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथो चरणको खेल अनुसार मंगलबार च्यासल र जावलाखेल तथा हिमालयन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा च्यासल र जावलाखेल बिहान साढे ११ बजे भिड्न सुरु गर्नेछन् । दोस्रो खेलमा हिमालयन शेर्पा र ब्रिगेड दिउँसो ३ बजे भिड्नेछन् । लिगमा तीन खेलबाट च्यासलले एक जित, एक बराबर र एक हारबाट ४ अंक जोडेको छ ।

लिगमा अपराजित रहेको जावलाखेलको ५ अंक छ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अंक जोडेको छ । ब्रिगेड एक जित र दुई हार सहित ३ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।