ए डिभिजन लिग : मनाङ मर्स्याङदी र फ्रेन्ड्स क्लव बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

ए डिभिजन लिग : मनाङ मर्स्याङदी र फ्रेन्ड्स क्लव बराबरीमा

मछिन्द्रद्वारा एनआटी १–० गोल अन्तरले पराजित

काठमाडौं, १४ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लवलाई फ्रेन्ड्स क्लवले बराबरीमा रोेकेको छ । ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्स मैदानमा सोमबार मनाङ मर्स्याङदी क्लवलाई फ्रेन्ड्स क्लवले १–१ गोलको बराबरीमा रोेकेको हो ।

खेलको ११ औँ मिनेटमा पाएको कर्नरको सदुपयोग गर्दै मनाङले अग्रता बनाएको थियो । जगदिश श्रेष्ठको कर्नरमा रन्जन बिष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अग्रता बनाएको मनाङले दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।

फ्रेण्ड्सका लागि खेलको ६२ औँ मिनेटमा उत्तम राईले गोल गरे । उनले कर्नरबाट आएको बलमा हेडिङ गोल गरे । बराबरीसंगै मनाङले अपराजित यात्रा कायम राख्दै १० अंक जोडेर लिग तालिकाको शिर्ष स्थान सुरक्षित गरेको छ ।

सोमबार नै भएको पहिलो खेलमा न्युरोड टिमलाई १–० ले पराजित गर्दै मछिन्द्र क्लबले पनि अपराजित यात्रा कायम राखेको छ ।

मच्छिन्द्रले एनआरटीलाई १–० गोल अन्तरले हराएर अपराजित यात्रा कायमै राखेको हो । मच्छिन्द्रका एडीलाजा सोमीडीले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसंगै मच्छिन्द्रले ४ खेलमा ९ अंक बटुलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);