'ए’ डिभिजन लिग : पुलिसद्वारा जावलाखेल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘ए’ डिभिजन लिग : पुलिसद्वारा जावलाखेल पराजित

काठमाडौं, ४ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा पुलिसले जावलाखेललाई २–० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा सौजन राई र सुमन सुवेदीले एक एक गोल गरे ।

पुलिसले दुवै हाफमा एक/एक गोल गरेको थियो । खेलको २७ औं मिनेटमा सौजनले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४८ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए ।

जावलाखेललाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ । लिगमा तेस्रो जित निकालेको पुलिसले ७ खेलमा ११ अंक जोडेको छ । जावलाखेल भने लिगको छैटौं स्थानमा छ । जावलाखेलको ७ खेलमा ९ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);