ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीचको खेल बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीचको खेल बराबरीमा

काठमाडौं, ४ माघ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीचको खेल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार मनाङ र थ्री स्टार क्लबबीचको खेल २–२ गोलबाट बराबरीमा रोकिएको हो । २ पटक पछि परेको मनाङका लागि अन्जन बिष्टले २ गोल गरेर खेल बराबरीमा रोकेका हुन् ।

थ्री स्टारका लागि पनि दुवै गोल लाल राम्माभ्राले गरेका हुन् । बराबरीको नतिजापछि ७ खेलमा १३ अंकसंगै मनाङ तेस्रो स्थानमा रहेको छ भने ११ अंकबाट थ्री स्टार चौथो स्थानमा छ ।

शनिबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसले जावलाखेललाई २–० गोल अन्तरले पराजित गरेको छ । पुलिसको जितमा सौजन राई र सुमन सुवेदीले एक एक गोल गरे ।

पुलिसले दुवै हाफमा एक एक गोल गरेको थियो । खेलको २७ औं मिनेटमा सौजनले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४८ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए ।

जावलाखेललाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ । लिगमा तेस्रो जित निकालेको पुलिसले ७ खेलमा ११ अंक जोडेको छ । जावलाखेल भने लिगको छैटौं स्थानमा छ । जावलाखेलको ७ खेलमा ९ अंक रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);