हालाण्डको ह्याट्रिकमा डोर्टमण्डको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

हालाण्डको ह्याट्रिकमा डोर्टमण्डको जित

haland

काठमाडौं, ५ माघ ।  शनिबार भएको खेलमा डोर्टमण्डल अग्सवर्गलाई ५–३ गोल अन्तरले पराजित गरेको हो । अग्सवर्गको मैदानमा दुई गोलको अग्रता उल्टाएर डोर्टमण्डले जित निकालेको हो ।

डोर्टमणको जितमा डेब्यु खेलाडी अर्लिङ हालाण्डले ह्याट्रिक गरे । नर्वेका १९ वर्षे युवा फरवार्ड हालाण्डलाई डोर्टमण्डले जनवरी ट्रान्सफरमा अनुबन्ध गरेको थियो । डोर्टमण्डले हालाण्डलाई अष्ट्रियन क्लब रेड्बुल साल्जबर्गबाट क्लबमा भित्र्याएको हो । यस्तै जाडोन सान्चो र जुलियन ब्राण्टले एक एक गोल गरे ।

घरेलु टोलीका फ्लोरियन निडेरलिच्नरले दुई गोल गरे । मार्को रिट्चरले एक गोल गरे । जितसँगै डोर्टमण्डले १८ खेलमा ३३ अंक जोडेको छ । डोर्टमण्ड लिगको चौंथो स्थानमा रहेको छ । अग्सवर्ग २३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);