ए डिभिजन लिग : एनआरटीद्वारा एपीएफ ३–२ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

ए डिभिजन लिग : एनआरटीद्वारा एपीएफ ३–२ ले पराजित

nrt clubl

काठमाडौं, ५ माघ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी क्लबले जित निकालेको छ । आइतबार ललितपुरको सातदोवाटो स्थित अखिल नेपाल फुटबल संघ एँफा कम्प्लेक्समा भएको खेलमा एनआरटीले विभागीय टिम एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीलाई जित दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक– एक गोल गरे । जारी लिगको एनअरटीको यो चौथो जित हो । एपीएफका आशिष लामाले दुई गोल फर्काए ।खेलमा आन्द्रेले २४ औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा एपीएफले अग्रता बनायो । खेलको ५४ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए ।तर, खेलको ८० औं मिनेटमा जोर्डनले गोल गर्दै एनआरटीलाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८५ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई ३–२ को जित दिलाए ।

जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ७ खेलमा ११ अंक जोडेको छ । एपीएफले ७ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);