पुलिसद्वारा ढोरपाटन ३-०को सोझो सेटमा पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पुलिसद्वारा ढोरपाटन ३-०को सोझो सेटमा पराजित

काठमाडौं, ६ माघ । नेपाल पुलिस क्लबले राजधानीमा जारी पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हलमा सोमबार भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।

पहिलो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित पुलिसले ढोरपाटनलाई २५–५, २५–१५ र २५–८को सेटमा हरायो । जितसँगै समूह ’बी’ को पुलिसले २ खेलमा ३ अंक जोडेर सेमिफाइनल नजिक पुगेको छ ।

यस समूहमा न्यू डायमण्डको पनि ३ अंक रहेको छ । अब न्यू डायमण्ड र ढोरपाटनबीच हुने समूह चरणको अन्तिम खेलले सेमिफाइनल पुग्ने टोलीको तय गर्नेछ ।

महिलातर्फ समूह ’ए’ बाट एपीएफ र आर्मी सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । नेपाल भलिबल संघले आयोजना गरेको यो प्रतियोगिताको पुरुषतर्फ १० र महिलातर्फ ७ टोली सहभागि छन् ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);