भलिबल च्याम्पियनसिपमा एपीएफ र भरतपुर मेट्रो खेलकुद परिषद बिजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

भलिबल च्याम्पियनसिपमा एपीएफ र भरतपुर मेट्रो खेलकुद परिषद बिजयी

काठमाडाैं, २३ चैत । आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ एपीएफ र भरतपुर मेट्रो खेलकुद परिषद बिजयी भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा सोमबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

आर्मीविरुद्ध पहिलो सेट गुमाएको एपीएफले त्यसपछि लगातार ३ सेट जितेर अंक जोडेको हो । जितसँगै एपीएफले ३ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ८ अंक जोडेको छ ।सोमबार नै भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषदले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गर्दै पहिलो जित निकालेको छ ।

पहिलो जित निकाल्ने क्रममा भरतपुरले ढोरपाटनमाथि २५–२१ , २५–१२ र २५–१३ को सेटमा हरायो । यो प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);