त्रिभुवन आर्मी ’ए’ डिभिजन लिगको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

त्रिभुवन आर्मी ’ए’ डिभिजन लिगको शीर्ष स्थानमा

आर्मीद्वारा च्यासल ३–० गोल अन्तरले पराजित

काठमाडौं, ६ माघ । त्रिभुवन आर्मी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार च्यासल क्लबलाई ३–०को गोल अन्तरबाट हराउँदै त्रिभुवन आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा उक्लीएको हो ।

आर्मीको जितमा भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले १–१ गोल गरे । यो जितसंगै ७ खेलमा १६ अंक जोडेर आर्मी लिग तालिकाको पहिलो स्थानमा रहेको छ।

संकटा र ब्रिगेड व्वाइजबीचको खेल बराबरीमा

सोमबार नै संकटा क्लब र ब्रिगेड व्वाइज क्लबबीचको खेल बराबरीमा रोकिएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा संकटा र ब्रिगेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

उक्त खेलमा ब्रिगेडका गोलकिपर विशाल सुनार म्यान अफ दि म्याच चुनिए । जारी लिगमा ७ खेलपछि मच्छिन्द्र र मनाङ मर्स्याङदीले १३–१३ अंक जोडेका छन् । गोल अन्तरका आधारमा मच्छिन्द्र दोस्रो र मनाङ तेस्रो स्थानमा रहेका छन् । थ्री स्टार र एनआरटीले ११–११ अंक बटुलेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);