’ए’ डिभिजन लिगमा संकटाको दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

’ए’ डिभिजन लिगमा संकटाको दोस्रो जित

sankata club

काठमाडौं, २४ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले जारी लिगमा दोस्रो जित निकालेको हो ।

संकटालाई जित दिलाउन अजयी मार्टिनले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे । एपीएफका नबिन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए ।

जितसँगै ५ खेलमा ७ अंक जोडेर संकटा लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ । एपीएफ ५ खेलमा ४ अंकसंगै लिगको ११ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);