रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

Real Madrid: Real Madrid ratings vs Valencia

एजेन्सी, २४ पुस । रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश, मड्रिडसँग ३–१ गोल अन्तरले भ्यालेन्सिया पराजित ।

बुधबार राति साउदी अरेबियामा भएको खेलमा भ्यालेन्सियालाई ३–१ गोल अन्तरले हराउँदै रियल सुपर कपको फाईनलमा प्रवेश गरेको हो । रियलको जितमा टोनी क्रुस, ईस्को र लुका मोड्रिचले गोल गरेका थिए ।

भ्यालेन्सियाका लागि ड्यानी पारिजोले पेनाल्टीमा एक गोल फर्काएका थिए । खेलमा अग्रता रियलले १५ औ मिनेटमा क्रुसको गोलबाट लिएको थियो । ईस्कोले ३९ औ मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे । लुका जोभिकको पासलाई सदुपयोग गर्दै ६५ औं मिनेटमा लुका मोड्रिचले रियलका लागि तेस्रो गोल गरे । खेलको अन्तिम मिनेटमा पारिजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियाको हार अन्तर घटाउने काम गरे । दोस्रो सेमिफाईनलमा बिहिबार बार्सिलोनाले एट्लेटिको मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीसंग रियलले आईतबार उपाधिका लागि खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);