’ए’ डिभिजन लिगमा च्यासलका सन्तोष साहुखलको १०० गोल पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

’ए’ डिभिजन लिगमा च्यासलका सन्तोष साहुखलको १०० गोल पुरा

काठमाडौं, २३ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबका सन्तोष साहुखलले १ सय गोल पुरा गरेका छन् ।

त्रिपुरेश्वरथित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लब विरुद्ध गोल गर्दै च्यासलका साहुखल ’ए’ डिभिजन लिग फुटबलमा १ सय गोल गर्ने पहिलो नेपाली खेलाडी भएका हुन् ।

बुधबार साहुखलकै २ गोलमा च्यासल र पुलिस क्लब बीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । पुलिसका निर कुमार राइले पाचौं मिनेटमै गोल गरेर बनाएको अग्रता साहुखलले १७ औं मिनेटमा लिगको सयौं गोल गर्दै भंग गरे ।

यसैगरी पुलिसका सुमन लामाको गोलसंगै २–१ ले पछि परेको अवस्थामा साहुखलको दोस्रोगोलबाट च्यासलले खेल बराबरीमा रोकेको हो । यसैगरी बुधबार भएको पहिलो खेलमा १० खेलाडीमा सिमित ब्रिगेड ब्वाईज क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लिएको छ ।

जितपछि ५ खेलमा १० अंकसंगै थ्री स्टार मनाङ र मच्छिन्द्र क्लबपछि तेस्रो स्थानमा पुगेको हो । थ्री स्टारलाई जित दिलाउन सुशान्त श्रेष्ठ, अनन्त तामाङ र वासिउ ओलादिरान हाजमातले एक एक गोल गरे । ब्रिगेडका रोशन राना मगरले एक गोल फर्काए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);