ए डिभिजन लिग : मछिन्द्र र च्यासलले बराबरी खल्दै अंंक बाँडे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ए डिभिजन लिग : मछिन्द्र र च्यासलले बराबरी खल्दै अंंक बाँडे

machindra-chyasal

काठमाडौं, ४ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लब र च्यासल युथले बराबरी खल्दै अंंक बाँडेका छन् । शुक्रबार भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

ललितपुरको एन्फा कम्प्लेक्समा सुरुवाती अग्रता च्यासलले लिएको थियो । खेलको २८ औं मिनेटमा सन्तोष साहुखलले डिबक्स बाहिरबाट गोल गरेका थिए । खेल सकिन २ मिनेट बाँकी छदा मछिन्द्रले बराबरी गोल फर्कायो । च्यासलका डिफेन्डर देवेन्द्र तामाङले गोल गरेका थिए ।

अन्तिम नतिजासँगै च्यासलले दुई खेलबाट तीन अंक जोडेको छ । च्यासल ४ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);