च्यासल र मच्छिन्द्र क्लव गोल रहित बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

च्यासल र मच्छिन्द्र क्लव गोल रहित बराबरीमा

काठमाडौं, २४ असोज । शहीद स्मारक ए डिभिजन लिगमा च्यासल र मच्छिन्द्र क्लवले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा अधिकांश समय बल नियन्त्रणमा लिए पनि च्यासलले गोल गर्न सकेन ।

मछिन्द्रका गोलरक्षक दीप कार्कीले उत्कृष्ट प्रदर्शन गर्दा राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरको टोली अंक बाँड्न बाध्य भयो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ३१ औं मिनेटमा च्यासलले गोलको सुन्दर मौका पाएपनि सफल हुन सकेन । च्यासलले ३५ औं मिनेटमा अर्को अवसर पाएको थियो । तर, विश्व अधिकारीले पेनाल्टी एरियाबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

६५ औं मिनेटमा च्यासलले अर्को मौका पाएपनि उसका स्ट्राइकर सफल भएनन् । ७५औं मिनेटमा मछिन्द्रका डिफेण्डरले स्ट्राइकर बिमल घर्तीमगरलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा च्यासलका हेमन्त थापा मगर चुके ।

उनको प्रहार मछिन्द्रका गोलरक्षक दीप कार्कीले रोकेका थिए । त्यसयता गोल हुन सकेन । लिगमा बिहीबार दुई खेल हुनेछन् । बिहान ११ बजे हुने पहिलो खेल फ्रेन्ड्स क्लव र थ्रीस्टार तथा दिउँसो तीन बजे जाउलाखेल र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);