आईसीसी टि–२० विश्वकप छनोट : नेपालद्वारा चीन १० विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आईसीसी टि–२० विश्वकप छनोट : नेपालद्वारा चीन १० विकेटले पराजित

nepal vs china icc chanot

काठमाडौं, २४ असोज । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौ जित निकालेको छ । बुधबार भएको खेलमा चीनलाई १० विकेटले हराएर नेपालले अपराजित यात्रा कायम राखेको हो ।

क्वालालम्पुरस्थित वायुमस ओभलमा चीनले दिएको २७ रनको लक्ष्य नेपालले ११ बलमै बिना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा ओपनर विनोद भण्डारीले अविजित २४ र प्रदिप ऐरीले पनि अविजित ४ रन जोडे । विनोदले ८ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन जोडेको थियो । चीनका होङ जियाङ यानले सर्वाधिक ११ अंक जोडे । त्यस्तै डेनज्ही माले ५ रन जोड्दा चेन जीङफेङले १ रन बनाए । चीनका अन्य ७ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।

नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशीले समान ३/३ विकेट लिए ।  एसिया छनोटको दोस्रो चरणमा पुगिसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सिंगापुरसंग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);