ए डिभिजन लिग : थ्रीस्टारद्वारा फ्रेन्ड्स क्लब पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ए डिभिजन लिग : थ्रीस्टारद्वारा फ्रेन्ड्स क्लब पराजित

a division threestar-friends

काठमाडौं, २५ असोज । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार विजयी भएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा आजर भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

ललितपुर डर्बीको रुपमा हेरिएको यस खेलमा थ्रीस्टारले पहिलो हाफको १६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । थ्रीस्टारका लागि रन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको थ्रीस्टारले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।

दोस्रो हाफको ८३औं मिनेटमा गोल गर्दै थ्रीस्टारले २–० को अग्रता बनाएको थियो । उसका लागि बुद्धराज लिम्बुले गोल गरेका थिए । १० मिनेट समय थपिएकोमा अतिरिक्त समयको पहिलो मिनेटमा फ्रेन्ड्सले एक गोल फर्काएको थियो । फ्रेन्ड्सका लागि विकास लामाले गोल गर्दै थ्रीस्टारको अग्रतालाई २–१ मा ल्याएका थिए ।

यसैगरी आजै तीन बजे जावलाखेल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);