ए डिभिजन लिग : पुलिस क्लव सरस्वती युथक्लबसंग बराबरीमा राेकियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ए डिभिजन लिग : पुलिस क्लव सरस्वती युथक्लबसंग बराबरीमा राेकियाे

काठमाडाैं, २१ पुस । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम पुलिस क्लव सरस्वती युथक्लबसंग बराबरीमा रोकिएको छ । एपीएफको हलचोक मैदानमा शनिबार भएको लिगको अन्तिम खेलमा पुलिसले सरस्वतीसंग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ४९ औ मिनेटमा भिक्टोरको पेनाल्टी गोलमार्फत सरस्वतीले अग्रता बनाएको थियो । पुलिसका खेलाडीले सरस्वतीका तिर्थ बस्नेतलाई डिबक्स भित्र फल गरेपछि सरस्वतीले पेनाल्टीको अवसर पाएको थियो ।

५३ औ मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । निर कुमार राईको पासलाई सदुपयोग गर्दै रवि पासवानले पुलिसका लागि बराबरी गोल गरेका थिए । बराबरीसंगै पुलिसको शीर्ष ६ को स्थान जोखिममा परेको छ । पुलिसले १२ खेलबाट १८ अंक जोड्दै तालिकाको छैटौ स्थानमा यथावत छ ।

एक खेल कम खेलेको हिमालयन शेर्पा १७ अंक सहित सातौ स्थानमा छ । सरस्वती १३ अंक सहित तालिकाको १० औ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । यस्तै शनिबारको अर्को खेलमा पनि च्यासल युथक्लब र जावलाखेल युथक्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

एपीएफको हलचोक मैदानमा लिगको आफ्नो अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । आठौँ स्थानको च्यासलले १३ खेलबाट १५ अंक जोड्यो भने जावलाखेलले १३ खेलबाट १३ अंकजोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);