ए डिभिजन लिग : नेपाल पुलिस र ब्रिगेड ब्वाइजको बराबरी गोल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ए डिभिजन लिग : नेपाल पुलिस र ब्रिगेड ब्वाइजको बराबरी गोल

काठमाडौं, ४ पुस । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । बुधवार ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा भएको खेलमा पुलिसले कमजोर मानिएको ब्रिगेड ब्वाइजसंग बराबरी खेल्दै अंक बाँडेको छ । ब्रिगेडविरुद्ध पुलिसले निकै फितलो प्रदर्शन गरेको थियो ।

सुरुवाती समयमै गोल खाएको पुलिसले राम्रो प्रदर्शन गर्न सकेनन । खेलको पाँचौं मिनेटमा नै कजिम बुसारीले गोल गर्दै ब्रिगेडलाई सुरुवाती अग्रता बदिलाएका थिए । पुलिसका लागि अभिषेक रिजालले खेलको ७५औं मिनेटमा गोल गर्न सफल भएका थिए । बराबरीसँगै पुलिसले ९ खेलबाट १५ अंक बनाएको छ ।

यता, ब्रिगेड ब्वाइजको ९ खेलबाट पाँच अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने मनाङ मर्स्याङ्दी क्लब रहेको छ । मनाङको ९ खेलबाट २७ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको संकटाको ९ खेलबाट २४ अंक रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);