एजेन्सी, २१ पुस । ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी रहेको एक अध्ययनले देखाएको छ । फुटबल सम्बन्धि हालै एक अन्तराष्ट्रिय संस्थाले गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो ।
नेमारको मूल्य २ सय ६ दशमलव ५ मिलियन पाउण्ड रहेको छ । यसैगरी दोश्रोमा फ्रान्सका युवा स्टार केलियन एमबाप्पे रहेका छन । एमबाप्पेको मूल्य १ सय ९३ दशमलव १ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी रहेका छन् । मेस्सीको मूल्य १सय ८३ दशमलव २ मिलियन पाउण्ड रहेको छ ।
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् । १२ औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६दशमलव ४ मिलियन पाउण्ड मात्र रहेको छ ।
यसैगरी महंगा खेलाडीको शीर्ष १० मा इङ्लिश प्रिमियर लिग खेल्ने खेलाडीको बाहूल्यता रहेको छ ।




