बार्सिलोना बन्यो विश्वकै सर्वाधिक धनी क्लब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बार्सिलोना बन्यो विश्वकै सर्वाधिक धनी क्लब

fc barcelona

एजेन्सी, ३१ चैत । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोब्र्सले निकालेको नयाँ सूची अनुसार बार्सिलोना बिश्वकै सर्वाधिक धनी क्लब बनेको हो बार्सिलोनाले रियल मेड्रिडलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

फोर्ब्सको तथ्यांक अनुसार बार्सिलोनाको मूल्य ४ दशमलव ७६ विलियन डलर रहेको छ । रियल मेड्रिडको मूल्य ४ दशमलव ७५ विलियन डलर रहेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको जर्मन क्लब बायर्न म्युनिखको मूल्य ४ दशमलव २१ विलियन रहदा ४ दशमलव २० विलियनसँगै इंग्ल्याण्डका म्यानचेस्टर युनाईटेड चौंथो तथा ४दशमलव १० विलियन डलरमुल्य रहेको लिभरपुल पाँचौं स्थानमा छन् ।

इंग्ल्याण्डकै म्यानचेस्टर सिटी छैटौं, चेल्सी सातौ र आर्सनल आठौं स्थानमा रहेका छन् । फ्रान्सको पीएसजी नवौं र इंग्ल्याण्डको टोटनह्याम दशौं स्थानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);