मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना, फेरि बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना, फेरि बराबरी

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ । बिहिवार रातिको खेलमा १० खेलाडीमा सीमित  बार्सिलोना क्याडिजसङ गोल रहित बराबरीमा रोकिएको हो ।

स्टार खेलाडी लियोनल मेस्सीले क्लब छाडेयता क्लब खराब लयमा छ । भ्रमणकारी टोली अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । खेलमा केही अवसर पाए पनि बार्सिलोना फिनिसिङ्गमै चुक्न पुगेको थियो  । 

यस सिजन बार्सिलोनाको तेस्रो बराबर हो । 

बराबरीपछि अपराजित रहेको बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौँ स्थानमा छ । क्याडिज ६ अंकसहित १४औँ स्थानमा छ ।

राति भएको ला लिगाको अन्य खेलमा रियल सोसिडाडले ग्रानडामाथि ३-२ को रोमाञ्चक जित निकालेकाे छ । यस्तै रियल बेटिसले ओसासुनाविरुद्ध ३-१ को जित आत्मासाथ गरेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);