महिला फुटबल टोली स्वदेश फर्कियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महिला फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटअन्तर्गत समूह एफको खेल खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।

नेपाली टोली बिहीबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाली टोली उज्वेकिस्तान इस्तानबुल हुँदै काठमाडौ फर्किएको हो ।

नेपालले उज्वेकिस्तानको जेएआर स्टेडियममा समूह एफमा दुई खेल खेलेको थियो । नेपालले पहिलो खेलमा फिलिपिन्ससँग २-१ को नतिजा गुमाएको थियो भने हङकङसँग गोलरहित बराबरी खेलेको थियो । 

फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेका दुवै टोलीविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर दुई खेलबाट १ अंक जोडेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो । 

नेपाली टोलीलाई महिला संघकी अध्यक्ष बृन्दा देवान र लिग कमिटी सह संयोजक रमेश रायमाझीले स्वागत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);