आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले हैदराबादलाई ८ विकेटले हरायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले हैदराबादलाई ८ विकेटले हरायो

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । गएराति दुबईमा भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे ।

यस्तै ऋषभ पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए । हैदराबादका खलिल अहमेद र राशिद खानले १÷१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो । हैदराबादका अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए ।

रिद्धिमान साह र केन विलियम्सनले १८–१८ रन जोडे । मनिस पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाए । दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यो जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ९ खेलमा १४ अङ्क जोडेको छ । हैदराबादले ८ खेलमा २ अङ्क जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);