म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरियो

एजेन्सी । म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरिएको छ । गएराति भएको खेलमा वेस्टह्याम युनाइटेडसँग १–० गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो ।म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा वेस्टह्यामका मान्युएल लान्जिनीले खेलको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा युनाइटेडका क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् ।

योसँगै कारबाओ कपको अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको छ । अन्तिम १६ मा पुगेका टिमहरुमा चेल्सीले साउथहम्पटमसँग, आर्सनलले लिड्ससँग, स्टोकले ब्रेंटफोर्डसँग, वेस्टह्यामले म्यानचेस्टर सिटीसँग, लेस्टर सीटीले ब्राइटनसँग, बर्नलीले टोटनह्यामसँग, क्यूपीआरले सन्डरल्याण्डसँग र लिभरपुलले प्रेसटनसँग खेल्ने भएका छन् ।

Leave a Reply