इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थानको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थानको रोमाञ्चक जित

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पन्जाब किङ्सलाई राजस्थान रोयलले दुई रनले हराएको छ ।दुबईमा गए राति भएको खेलमा राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रन मात्रै बनाउन सक्यो ।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, कार्तिक त्यागीले १ रन खर्चेर २ विकेट लिएपछि राजस्थानले रोमाञ्चक जित निकालेको हो । पन्जाबका मयांक अग्रवालले ६७ रनको अर्धशतकीय पारी खेले ।

केएल राहुलले ४९ रन जोडे । राजस्थानका कार्तिकले २, चेतन साकरिया र राहुल टेवाटियाले एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । राजस्थानका याशभी जैसवालले ४९ र महिपाल लोम्रोरले ४३ रन जोडे ।

पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए । मोहमद शामीले ३ विकेट लिए । जितपछि ८ खेलमा ८ अंक जोडेको राजस्थान पाँचौं स्थानमा छ । ९ खेलमा ६ अंक जोडेको पन्जाब सातौं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);