च्याम्पियन्स लिग: म्यान्चेस्टरद्वारा पिएसजी र एफसीद्वारा एएस रोमा पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

च्याम्पियन्स लिग: म्यान्चेस्टरद्वारा पिएसजी र एफसीद्वारा एएस रोमा पराजित

Paris-Saint-Germain-1-3-Manchester-United-20

काठमाडौं, २३ फागुन । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड र एफसी पोर्टो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई अवे गोलमा पराजित गर्दै म्यान्चेस्टर युनाइटेड अन्तिम आठमा पुगेको हो । गएराति फ्रान्समा भएको दोस्रो लेगको खेलमा म्यान्चेस्टर युनाईटेड ३–१ ले विजयी भयो । उसका लागि रोमेलु लुकाकुले दुई गोल गर्दा मार्कस रास्फोर्डले एक गोल थपे । खेलको ईन्जुरी समयमा रास्फोर्डले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । पहिलो लेगको खेल २–० ले गुमाएको म्यान्चेस्टर युनाइटेडले गएरातिको जितपछि समग्र परिणाम ३–३ गोलको बराबरीमा पु¥यायो ।

यस्तो अवस्थामा अवे गोलको मद्दतले म्यान्चेस्टर युनाईटेड क्वाटरफाईनलमा पुगेको हो । अन्तरिम प्रशिक्षक ओले गुना सोल्सायरको नेतृत्वयमा निकै सुधारिएको प्रदर्शन गरिरहेको म्यान्चेस्टर युनाइटेडले यो जितसँगै प्रतियोगितामा नयाँ दाबेदारी पस्किएको छ ।गएराति भएको अर्को खेलमा इटालीको एएस रोमालाई पराजित गर्दै पोर्चुगलको एफसी पोर्टो पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २–१ को हार ब्यहोरेको पोर्टोले दोस्रो लेगमा ३–१ को जित निकाल्दै समग्रमा खेल ४–३ ले आफ्नो पक्षमा पारेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);