आईपीएल टी–ट्वान्टीः सनराइजर्स हैदराबादसँग ५ विकेटले रोयल च्यालेन्जर्स बैंगलोर पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

आईपीएल टी–ट्वान्टीः सनराइजर्स हैदराबादसँग ५ विकेटले रोयल च्यालेन्जर्स बैंगलोर पराजित

एजेन्सी, १६ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

सारजाह क्रिकेट मैदानमा शनिबार राति सम्पन्न खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।

बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । हैदराबादको जितमा रिद्धिमान शाहले ३९ रन जोड्दा मनिस पाण्डेले २६ रन जोडे । यस्तै जासन होल्डरले अविजित २६ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।

वासिंगटन सुन्दर र नाभदिप शैनीले १÷१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । बैंगलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन जोडे । यस्तै एबी डी भिलियर्सले २४ रन जोड्दा वासिंगटन सुन्दरले २१ रन बनाए ।

गुर्किरात सिंहले अविजित १६ रन बनाए । कप्तान विराट कोहली ७ रनमा आउट हुँदा देबदुत पडिकलले पनि ५ रन मात्र बनाउन सके । हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए । यस्तै राशिद खान,शबाज नदीम र टि नटराजनले १/१ विकेट लिए ।

जितसँगै १३ खेलमा १२ अंक जोड्दै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);