लोरेन्टेको ह्याट्रिकमा टोटेनहम एफए कपको चौथो चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लोरेन्टेको ह्याट्रिकमा टोटेनहम एफए कपको चौथो चरणमा

Tranmere vs Tottenham

एजेन्सी, २१ पुस ।  । टोटेनहम हटस्पर इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको तेस्रो चरणमा ट्रानमेरा रोभर्सलाई ७ – ० गोलको फराकिलो जित निकाल्दै टोटेनहमले चौथो चरणमा स्थान पक्का गरेको हो ।

 टोटेनहमको फराकिलो जितमा स्पेनिस फरवार्ड फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे । यस्तै सेर्गी अरियरले दुई तथा ह्युङ् मिन सन र ह्यारी केनले १–१ गोल गरे ।पहिलो हाफमा १ – ० ले अघि रहेको टोटेनहमले रोभर्सविरुद्ध दोस्रो हाफमा आधा दर्जन गोल गरेको थियो  ।

खेलको ४० औं मिनेटमा सेर्गीले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा लोरेन्टले गोल गर्दै टोटेनहमको अग्रता २ – ० को बनाए । खेलको ५५ औं मिनेटमा सेर्गीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३ – ० को बनाए ।

खेलको ५७ औं मिनेटमा सनले गोल गर्दा टोटेनहम ४ – ० ले अघि रह्यो । ७१ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहमको अग्रता ५ – ० को बन्यो । खेलको ७२ औं मिनेटमा लोरेन्टले ह्याट्रिक पुरा गर्दा टोटेनहमले ६ – ० को अग्रता बनायो । त्यसपछि खेलको ८२ औं मिनेटमा लोरेन्टको स्थानमा मैदान छिरेका केनले गोल गरेपछि टोटेनहमले ७ – ० को फराकिलो जित निकाल्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);