पीपीएल : साविक विजेता पोखरा पल्टन ८ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

पीपीएल : साविक विजेता पोखरा पल्टन ८ विकेटले पराजित

butwal blasters

पोखरा, ४ पुस । पोखरा प्रिमियर लिग क्रिकेटमा बुटवल ब्लास्टर्सले साविक विजेता पोखरा पल्टनमाथि ८ विकेटको जित पारेको छ । पोखरा रंगशालामा शुक्रबार बुटवल ब्लास्टर्सले पोखरा पल्टन विरुद्ध १ सय २२ रनको लक्ष्य १४ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।

बुटवलका बिदेशी खेलाडी अफ्तावउद्दिनले ७५ रनको योगदान गरे । उनले ४६ बल खेलेर १२ चौका र २ छक्का प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रनको योगफल खडा गरेको थियो । पहिलो खेलमा जित हासिल गरे पनि त्यसपछि लगातार तेस्रो खेल हारेसँगै पोखराका लागि प्लेअफ यात्रा निकै कठिन बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);