पीपीएल : बुटवलले दियो विराटनगरलाई १३४ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पीपीएल : बुटवलले दियो विराटनगरलाई १३४ रनको लक्ष्य

butwal vs biratnagar

पोखरा, ९ पुस । पोखरा प्रिमियर लिग पीपीएल अन्तर्गत लिग चरण अन्तिम खेल बुटवल ब्लास्टर्सले विराटनगर टाइटन्ससामू १ सय ३४ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा बुधबार विराटनगर विरुद्ध पहिले व्याटिङ गरेको बुटवलले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको छ । आजको खेलले प्लेअफमा पुग्ने तेस्रो टोलीको टुंगो लाग्नेछ ।

बुटवल यसअघि नै प्लेअफमा पुगिसकेको छ । जारी खेलमा बुटवल विजयी भए काठमाडौं गोल्डेन वारियर्स प्लेअफमा पुग्ने छ । फराकिलो अन्तरको जित हात पारेमा विराटनगरको पनि प्लेअफमा पुग्ने झिनो संभावना कायमै रहेको छ ।

चितवन भने लिगका सबै ५ खेल जितेर फाइनलमा पुगिसकेको छ । काठमाडौं र विराटनगर मध्ये जुन टिम छनौट भएपनि फाइनल प्रवेशका लागि बिहीबार बुटवलसँग नै इलिमिनेटर खेल्नुपर्ने छ । फाइनल खेल शनिबार हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);