पीपीएल : चितवन राइनोजसँग धनगढी ब्लुज ५२ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पीपीएल : चितवन राइनोजसँग धनगढी ब्लुज ५२ रनले पराजित

काठमाडौं, ४ पुस । पोखरा प्रिमियर लिगमा पारस खड्काको कप्तानीमा हरेको चितवन राइनोजले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

शनिबार भएको खेलमा चितवनले धनगढी ब्लुजलाई ५२ रनले हराउँदै आफ्नो अपराजीत यात्रा कायमै राखेको हो । पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

२९ रनमा पहिलो विकेट गुमाएको चितवनका रोहन मुस्तफा ९ रनमा आउट भए । पारस खड्काले २३, हरीशंकर शाहले ८, बाबर हायातले ३६ रन बनाए भने अनिल शाहले १९ रन जोडे ।

त्यसपछि आरिफ शेख र सन्नी पटेलले अर्धसतकीय साझेदारी गरेपछि चितवनले बलियो लक्ष्य दियो । आरिफले ४७ रन बनाए भने सन्नीले ३२ रनको योगदान गरे । जवाफमा धनगढी ब्लुज २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २९ रनमा रोकियो ।

उसका ४ खेलाडीले मात्र दोहोरो अंक जोड्नसफल भए । जसमा कप्तान दिपेन्द्रसिंह ऐरीले ४९ रन बनाए भने रोद्रिगो थोमसले २४ तथा सन्दिप जोराले २१ र अमित यादवले १७ रन बनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);