’ए’ डिभिजन : च्यासल र एपीएफको खेल गोलरहित बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

’ए’ डिभिजन : च्यासल र एपीएफको खेल गोलरहित बराबरीमा

काठमाडौं, २८ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीचको खेल बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासल र एपीएफबीचको खेल गोलरहित बराबरीमा रोकिएको हो ।

योे बराबरीसँगै च्यासल ६ खेलमा ६ अंक जोडेर लिग तालिकाको दशौँ स्थानमा रहेको छ । एपीएफ ६ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

यसैगरी सोमबार नै न्यूरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । एनआरटीले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले खेलको ७६ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ ।

लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंक सातौं स्थानमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);