’ए’ डिभिजन : जावलाखेल र हिमालयन शेर्पाबीचको खेल बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

’ए’ डिभिजन : जावलाखेल र हिमालयन शेर्पाबीचको खेल बराबरीमा

काठमाडौं, २९ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा रोकिएको छ ।

ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा बुधबार जावलाखेल र शेर्पाले ३–३ गोलको रोमान्चक बराबरी खेलेका हुन् । जावलाखेलका लागि कुबेर बिष्ट, फोडे फोफाना र रुप बहादुर लामाले एक एक गोल गरे ।

शेर्पाका स्टेफेन समिरले दुई तथा विजय श्रेष्ठले एक गोल गरे । बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । लिगको १२ खेलमा ११ जोडेको शेर्पा ११ औं स्थानमा रहेको छ ।

जारी लिगमा सबैटोलीले १ खेलमात्र खेल्न बाँकी रहँदा त्रिभुवन आर्मी क्लब २९ अंकसंगै पहिलो र मच्छिन्द्र २८ अंकले दोस्रो स्थानमा रहेका छन् । अन्तिम खेलमा यी दुई बीच नै भिडन्त हुने भएपछि लिग विजेताको टुंगो पनि त्यही प्रतिस्पर्धाबाट हुने भएकोे छ ।

लिगको फाइनल मानीएको आर्मी र मच्छिन्द्रबीचको खेल आगामी फागुन ३ गते दशरथ रंगशालामा हुनेछ । साविक विजेता मनाङ मर्स्याङ्दी २५ अंकले तेस्रो र थ्री स्टार२३ अंकले चौथो स्थानमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);