ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि एपिएफलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि एपिएफलाई

Dhorpatan Volleyball

काठमाडौं, १ फागुन । विभागीय टोली नेपाल एपिएफ क्लबले ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार डबल राउन्ड रोविनको लिगको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले अपराजित रहेर उपाधि जितेको हो ।

एपिएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने क्रमस दोस्रो सेट २५–२१ र तेस्रो सेटमा २५–१९ को जित निकाल्दै एपिएफ च्याम्पियन बन्न सफल भयो । लिगको १४ खेलपछि अपराजित रहेको एपिएफले ४१ अंक जोड्यो । उति नै खेलबाट ३७ अंक जोडेको पुलिसले दोस्रो स्थानमा चित्त बुझायो ।

उपाधिसँगै एपिएफले ४ लाख ५ हजार रुपैयाँ हात पार्यो । दोस्रो भएको पुलिसले २ लाख ५ हजार तथा तेस्रो भएको आर्मीले १ लाख ५ हजार रुपैयाँ तथा चौथौ भएको डायमन्डले ७५ हजार रुपैयाँ हात पार्यो ।

पाँचौ भएको चितवनले ५५ हजार तथा छैटौ भएको बुलबुले रारा भलिबल क्लबले ३५ हजार रुपैयाँ पायो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);