टप्सको विजयी सुरुआत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

टप्सको विजयी सुरुआत

dhorpatan bijayi

काठमाडौं,८ माघ । १३औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा पश्चिमाञ्चलको टप्स उच्च मावि पोखराले विजयी सुरुआत गरेको छ ।

प्रतियोगिताको चौथो दिन चलिरहँदा टप्सले पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । टप्समा राष्ट्रिय टोलीका उपकप्तान मञ्जु गुरुङ र अरुणा शाहीले खेलेका छन् । पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको टप्सले दोस्रो सेट भने २१–२५ ले गुमाएको थियो । तर, त्यसपछिका दुवै सेट २५–२१ र २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगिताअन्तर्गत आइतबार भएका अन्य खेलमा लिगको शीर्ष स्थानमा रहेको नेपाल एपिएफ क्लब, शिवम् न्यु डायमन्ड एकेडेमीले आफ्नो अपराजित यात्रा कायमै राखे । एपिएफले चितवनको मेघौली स्पोटर्स क्लबमाथि २५–५, २५–९ र २५–११ को सहज जित निकाल्यो । दोस्रो स्थानमा रहेको शिवम् न्यु डायमन्डले श्रीगाउँ स्पोटर्स क्लब दाङमाथि २५–११, २५–१५ र २५–८ को सहज जित निकाल्यो ।

विभागीय टोली नेपाल पुलिसले आइतबार दोहोरो जित दर्ता गर्न सफल भयो । पहिलो खेलमा पारामाउन्ट एकेडेमीलाई २५–१४, २५–८ र २५–८ ले पराजित गर्दा स्प्रिङ्डेलमाथि २५–१२, २५–१३ र २५–११ को सहज जित निकाल्यो । शिवम् न्यु डायमन्डसँग पराजित हुनुअघि श्रीगाउँ स्पोटर्स क्लब दाङले थ्री स्टार एकेडेमीमाथि २५–१३, २५–३ र २५–१५ को सहज जित निकालेको थियो ।

प्रतियोगिताअन्तर्गत सोमबार ६ खेल हुनेछन् । दिनको पहिलो खेलमा पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल टोलीले थ्री स्टार एकेडेमी, नेपाल पुलिस क्लबले न्यु डायमन्ड स्पोटर्स क्लब, शिवम् न्यु डायमन्डले मेघौली स्पोटर्स क्लब चितवन, टप्सले श्रीगाउँ स्पोर्ट्स क्लब दाङ, नेपाल एपिएफ क्लबले पारामाउन्ट स्कुल र पूर्वाञ्चलले त्रिभुवन आर्मी क्लबसँग खेल्ने कार्यत्रलम छ । प्रतियोगिता माघ १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेलमैदानमा हुनेछ ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।