नेपालको कीर्तिमानी जित, अमेरिका ८ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालको कीर्तिमानी जित, अमेरिका ८ विकेटले पराजित

nepalko kirtimani jit

काठमाडौं, २९ माघ । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरीजमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नेपाललाई जित दिलाउन पारस खड्काले २० रन र दिपेन्द्र ऐरीले १५ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल १ रनमै आउट भए भने सुवास खकुरेलले खाता खोल्न पाएनन् ।

यसअघि टस जितेर बलिङ गरेको नेपालले अमेरीकालाई ३५ रनमा अलआउट गर्न सफल भयो । नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए । यस्तै सुशन भारीले ४ विकेट लिए ।

जितसँगै नेपालले अंक तालिकामा चार अंक बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);