सन्दीपको ६ विकेट, अमेरिका ३५ रनमा अलआउट ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन्दीपको ६ विकेट, अमेरिका ३५ रनमा अलआउट !

काठमाडौं, २९ माघ । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरीजमा नेपालले अहिले अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ३५ रनमा अलआउट भएको छ ।अमेरिकाले नेपाललाई जितका लागि ३६ रनको लक्ष्य दिएको छ ।

नेपाली स्पिनर चम्किएपछि अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो । नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । यस्तै सुशन भारीले ४ विकेट लिए ।

अमेरिकाको लागि ओपनर जेभियर मार्शलले १६ रन बनाए । अन्य कुनै खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);