महिला फुटबल लिग प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

महिला फुटबल लिग प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी

काठमाडौं, २३ पुष । राजधानीमा जारी १६ औँ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–१ ले पराजित गर्दे त्रिभुवन आर्मी विजयी भएको हो । खेलको पहिलो हाफमा दुबै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका थिए । दोस्रो हाफमा आर्मीले ३ गोल गर्दै खेल आफ्नो पक्षमा परेको हो ।

आर्मीको जितमा दोस्रो हाफमा कप्तान कृष्णा खत्रीले २ तथा अञ्जली वाइवाले एक गोल गरिन् । पुलिसका लागि घिमकुमारी घिसिङले एक गोल गरेकी थिइन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);