स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले नौ अंकको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले नौ अंकको अग्रता

timthumb-2

काठमाडौं, २४ पुष । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाद्वारा लेभान्टे ३–० ले पराजित, रियल मड्रिड कमजोर मानिने सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकियो ।

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले नौ अंकको अग्रता कायमै राखेको छ ।

लिगअन्तर्गत गएराति भएको खेलमा लेभान्टेलाई ३–० ले पराजित गरेर बार्सिलोनाले नौ अंकको अग्रता कायमै राखेको हो । बार्सिलोनाको १८ खेलबाट ४८ अंक छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको समान खेलबाट ३९ अंक छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र पाउलिन्होले एक एक गोल गरे । मेस्सीले बार्सिलोनाबाट चार सयौं गोल गरेका छन् । उनले खेलको १२ औं मिनेटमा गोल गरेर बार्सिलोनाबाट आफ्नो गोल संख्या चार सय पु¥याएका हुन् ।

बार्सिलोनाले जित निकालेको दिन रियल मड्रिड भने कमजोर मानिने सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । रियल मड्रिड सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । रियल मड्रिडका लागि दुवै गोल गारेथ बेलले गरेका हुन् ।

एक गोलले पछि परेको अवस्थामा बेलले दुई मिनेटको अन्तरमा दुई गोल गरेका हुन् । बराबरीसँगै रियल मड्रिडको १७ खेलबाट ३२ अंक भएको छ । अंक तालिकामा रियल मड्रिड चौंथो स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);