धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश

dhangadi

काठमाडौं, २४ पुष । सिएमजी संकटा धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आइतबार भएको खेलमा धरान फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै संकटा अन्तिम आठमा पुगेको हो । पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौं गोल गर्ने मौका गुमाउँदा धरानले हार वेहोर्नुप¥यो । धरानले पहिलो हाफको २६ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । पेनाल्टी सुटआउटमा ५  ५ जनाको प्रहारमा दुवै टीमले ३  ३ गोल गरेपछि थप भएका २ २ वटा पेनाल्टी प्रहारमा संकटाले दुवैलाई गोलमा परिणत ग¥यो भने धरानले एकलाई गोल गर्दा अर्को प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले वचाए । दुई गोल रोकेर टिमलाई जिताएका उनी खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए । प्रतियोगिता अन्तर्गत आज थ्री स्टार क्लव र झापा ११ वीच प्रतिस्पर्धा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);