हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं, १६ फागुन । हिमालयन शेर्पा क्लब सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको अन्तिम क्वाटरफाइनलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै शेर्पा सेमिफाइनलमा प्रवेश गरेको हो । कैलाली हसनपुरस्थित धनगढी रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

टाइब्रेकरमा शेर्पाले बाजी मार्यो । टाइब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने । उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाएका थिए । त्यहिँ पेनाल्टी बचाऊले शेर्पा अन्तिम चारमा पुग्यो ।

गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रुप बहादुर लामा र उत्तम गुरुङले गोल गरेका थिए । शेर्पाका उर्लिच सिवाई, आशिष गुरुङ, दिवस उराउ, भिसन गुरुङ र बिकास राईले गोल गरे ।

यो संगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । प्रतियोगितामा शेर्पासँगै आयोजक सुदूरपश्चिम–११, शसस्त्र प्रहरीको एपीएफ क्लब र थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन् । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ पाउनेछ । उपविजेताले १० लाख १ रुपैयाँ पाउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);