खप्तड गोल्डकप : गोर्खा ब्वाइजद्वारा सुनौलो संगम ५–३ गोलले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

खप्तड गोल्डकप : गोर्खा ब्वाइजद्वारा सुनौलो संगम ५–३ गोलले पराजित

रुपन्देहीको गोर्खा ब्वाइज सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा

धनगढी, १२ फागुन । रुपन्देहीको गोर्खा ब्वाइज क्लब चौंथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कैलाली हसनपुरस्थित धनगढी रंगशालामा सोमबार सुनौलो संगमलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै गोर्खा ब्वाइज अन्तिम आठमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा गोर्खाले सफलता हात पार्यो । टाइब्रेकरमा गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रन्दिप पौडेल, निशान न्यौपाने र उत्तम गुरुङले गोल गरे ।

टाइब्रेकरमा गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ नायक बने । उनले सुनौलोका मोहन थापाको पेनाल्टी बचाएका थिए । सुनौलोका लागि रन्जित थापा, अजित थापा, शंकर राईले भने गोल गरेका थिए । अब गोर्खा ब्वाइजले सेमिफाइनल प्रवेशका लागि हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।

यससँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण समेत पुरा भएको छ । यस पटक एपीएफ क्लब, भारतको कंचनजंघा एफसी र नव जन जागृती यस अघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

यस्तै आयोजक सुदूरपश्चिम–११, साविक विजेता नेपाल पुलिस, थ्री स्टार र हिमालयन शेर्पा क्लब भने बाई पाएर सिधै क्वाटरफाइनलमा पुगेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);