थ्री स्टार चौंथो खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

थ्री स्टार चौंथो खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा

कैलाली, १४ फागुन । थ्री स्टार सर्वाधिक धनराशिको चौंथो खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कैलाली हसनपुरस्थित धनगढी रंगशालामा बुधबार सिमराको नव जनजागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

थ्री स्टारको जितमा संजोग राई र आशिष राईले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रहेको खेलको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो ।

खेलको ८१ औं मिनेटमा संजोगले र ८३ औं मिनेटमा आशिषले गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे । अब थ्री स्टारले सेमिफाइनलमा हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा बिहिबार नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);