हिमालयन शेर्पा क्लब दोस्रो रमपम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

हिमालयन शेर्पा क्लब दोस्रो रमपम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

झापा, माघ १७ । विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइबे्रकरमा हराउँदै हिमालयन शेर्पा क्लब झापामा जारी दोस्रो रमपम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला सोमबार भएको खेलमा एपीएफले हिमालयन शेर्पालाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि २० मिनेट समय थपिएको थियो । थप समयमा दुबै तर्फबाट गोल हुन

हिमालयन शेर्पा क्लब दोस्रो रमपम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

झापा, माघ १७ । विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइबे्रकरमा हराउँदै हिमालयन शेर्पा क्लब झापामा जारी दोस्रो रमपम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला सोमबार भएको खेलमा एपीएफले हिमालयन शेर्पालाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि २० मिनेट समय थपिएको थियो । थप समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

 

टाइब्रेकरमा हिमालयन शेर्पाका हेमन गुरुङ, निराजन खड्का र निशान लिम्बूले गोल गरे । एपीएफका तर्फबाट नविन लामा र राजेन्द्र रावलको प्रहार मात्र जाली चुमेको थियो । टाइब्रेकरमा एपीएफका सुदिप सिख्रकर, कप्तान मिलन राई र सन्तोष कटुवालले गोल गर्न सकेनन् । उता, हिमालयनका भूपाल गुरुङ र सुनिल बलको प्रहार गोलमा परिणत भएन ।

यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा गोलको खाता एपीएफले खोलेको थियो । एपीएफका युवराज खड्काले ५९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । श्याम नेपालीको पासलाई युवराजले हेडमार्फत सानदार गोल गरेका हुन् । युवराजले दोस्रो गोल ७५ औँ मिनेटमा गरेका थिए । नविन लामाको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् । जीत सुनिश्चितझै ठानेर दोस्रो हाफको अन्त्यतिर एपीएफले गोलरक्षक परिवर्तन ग¥यो । राजु योगीका स्थानमा अमृत चौधरी मैदान प्रवेश गरे ।

 

तर, त्यसलगत्तै एकाएक खेलको माहोल परिवर्तन भयो र हिमालयनले एपीएफको गोलपोस्टमा लगातार २ गोल ग¥यो । हिमालयन शेर्पाले दुई मिनेटको अन्तरालमा २ गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । हिमालयन शेर्पाका लागि ८७औँ मिनेटमा सुनिल बल र ८८ औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भए । मङ्गलबार रुपन्देही–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);