एनआरटीलाई हराउँदै मनाङ मस्र्याङ्दी झापा गोल्डकपको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एनआरटीलाई हराउँदै मनाङ मस्र्याङ्दी झापा गोल्डकपको सेमिफाइनलमा

माघ २०, झापा । न्यूरोड टिम (एनआरटी) लाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब झापामा जारी रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङले सुरुवातदेखि नै बल पकडमा राखेको थियो । एनआरटीले रक्षात्मक खेल प्रदर्शन गर्न खोजे पनि मनाङ आक्रमक रुपमा प्रस्तुत भयो । मनाङले खेलको २५ औँ मिनेटमा गोलको खाता खोलेको हो । विदेशी खेलाडी ओलावालेको पासमा निराजन मल्लले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । त्यसको २ मिनेटलगत्तै अर्थात् २७औँ मिनेटमा मनाङका लागि दोस्रो गोल सुशील लामाले गरे । त्यसपछि ३४औँ मिनेटमा निराजन मल्लले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा मनाङको अग्रतालाई ३–० पारेका थिए ।

दोस्रो हाफमा पनि मनाङ एनआरटी माथी हाबी देखियो । खेलको ५९औँ मिनेटमा ओलावालेले गोल गर्दै ४–० को जीत सुनिश्चित गरे । विशाल राईको पासमा ओलावालेले शानदार गोल गरेका थिए । खेलको म्यान अफ द म्याच मनाङका रोहित चन्द घोषित भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै अब मनाङले फाइनल प्रवेशका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत शुक्रबारबाट सेमिफाइनल खेल सुरु हुँदैछ । फाइनल प्रवेशका लागि हुने पहिलो सेमिफाइनल खेलमा आयोजक झापा–११ र हिमालयन शेर्पा क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);